बजारमा पैसा फालाफाल, आज एकैपटक ७० अर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक
काठमाण्डौ । बजारमा अधिक तरलता देखिएपछि नेपाल राष्ट्र बैंकले आज पनि बजारबाट ७० अर्ब रुपैयाँ प्रशोचन भएको छ । राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत आज ७० अर्ब रुपैयाँ तान्न लागेको हो । बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट २१ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल गर्न सकिने बैंकले...

