यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(चैत १७ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३६.४६ र बिक्रीदर १३७.०६ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४६.९९ रुपैयाँ र बिक्रीदर १४७.६३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक पाउण्डको खरिददर १७६.४२ रुपैयाँ र बिक्रीदर १७७.१९ रुपैयाँ कायम छ ।

