यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज(कात्तिक १३ गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.२३ रुपैयाँ र बिक्रीदर १३४.८३ रुपैयाँ कायम भएको छ । यस्तै आज एक यूरोको खरिददर १४५.२१ रुपैयाँ र बिक्रीदर १४५.८६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७४.२१ रुपैयाँ र बिक्रीदर १७४.९९ रुपैयाँ कायम भएको छ ।

