शनिबार, श्रावण २३,२०८३ 03:56:49
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 03:56:49
Bizshala
Global IME Bank Limited

गभर्नर पौडेलको नियुक्ति बदर गर्न मागसहित सर्वोच्चमा मुद्दा

गभर्नर पौडेलको नियुक्ति बदर गर्न मागसहित सर्वोच्चमा मुद्दा
New Office

काठमाण्डौ । हालै मात्रै नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका डा. विश्वनाथ पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ । राष्ट्र बैंकको गभर्नरमा राजनीतिक दलबाट सिधै नियुक्ति गरिनु बैंक ऐन, २०५८ को प्रतिकूल भएको दावीसहित पौडेलको नियुक्ति बदर गर्ने मागसहित सर्वोच्चमा निवेदन पेश भएको हो ।  

अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले निवेदन पेश गरेका हुन् । उनीहरुले पौडेल राजनीतिक स्वार्थ भएको व्यक्ति भएकाले गैरकानूनी रुपमा ऐनको बर्खिलाफ गएर गभर्नर नियुक्त गरिएको दाबी गरेका छन् ।  

निवेदनमा गभर्नर पौडेलले राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ ले अनिवार्य गरेको आर्थिक मौद्रिक,वाणिज्य र बैंकिङ क्षेत्रको उपाधी हासिल गरेको नभई ग्रामीण विकास अर्थशास्त्रको योग्यता हासिल गरेको उल्लेख गरिएको छ । यस्तै सिफारिस समितिको व्यक्तिले राजीनामा गरेर निहित स्वार्थमा प्रतिस्पर्धा नगराई नियुक्त गरिएको आधारसमेत पेश गरिएको छ ।  

यस्तै निवेदनमा पौडेल राजनीतिक दल विशेषको व्यक्ति रहेको र उनी आफैं सिफारिस समितिको सदस्यसमेत रहेकै अवस्थामा गभर्नर नियुक्त हुनु राष्ट्र बैंक ऐन, २०५८ को दफा २१, ३२ र सुशासन ऐन, २०६४ को दफा १८ विरुद्ध भएको उल्लेख छ ।  

गत जेठ ६ गते न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले पौडेललाई गभर्नर बन्नबाट रोक्ने रिट दरपिठ गर्ने सर्वोच्च प्रशासनको यसअघिको आदेश सदर गरेको थियो । अर्थशास्त्री पौडेललाई गभर्नर बनाउन नमिल्ने मागसहित अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापा रिट लिएर सर्वोच्च अदालत पुगेका थिए । जसपश्चात जेठ ६ गतेनै बसेको गभर्नर नियुक्तिको सिफारिस समितिको बैठकबाट सिफारिस भएका ३ जना मध्येबाट पौडेललाई मन्त्रिपरिषदको बैठकले नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको थियो । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.