यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज (असोज २० गते)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३४.०६ रुपैयाँ र बिक्रीदर १३४.६६ रुपैयाँ कायम भएको छ । आज एक यूरोको खरिददर १४७.८९ रुपैयाँ र बिक्रीदर १४८.५६ रुपैयाँ निर्धारण भएको छ। एक पाउण्ड स्टर्लिङको खरिददर १७६.५५ रुपैयाँ र बिक्रीदर १७७.३४ रुपैयाँ कायम भएको छ ।

