आज पनि डलरको मूल्य नयाँ उचाईमा, यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाण्डौ । अमेरिकी डलरको मूल्यले आज पनि नयाँ रेकर्ड कायम गरेको छ । आज एक अमेरिकी डलरको खरिददर १३६.७४ रुपैयाँ र बिक्रीदर १३७.३४ रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन पनि डलरको भाउ रेकर्डतोड स्तरमा पुगेको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३६.६९ रुपैयाँ र बिक्रीदर १३७.२९ रुपैयाँ कायम भएको छ ।

