ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न महानगरको निर्देशन
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ललिता निवास क्षेत्र एक साताभित्र खाली गर्न निर्देशन दिएको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै ललिता निवास क्षेत्रमा रहेका व्यक्ति,कम्पनी तथा संघ संस्था लाई ७ दिनभित्र हट्न निर्देशन दिएको हो ।