बल प्रयोग नगरी सुकुवासीलाई स्थानान्तरण गरिन्छ, जग्गा वितरण चाँडै हुन्छ: प्रधानमन्त्री बालेन
काठमाण्डौ । प्रधानमन्त्री बालेन साहले हरेक वर्ष आउने बाढीका कारण उपत्यकाका नदी तथा खोला किनारमा बसोबास गर्दै आएका हजारौँ नागरिक प्रभावित हुने क्रम जारी रहेकाले सरकार यस समस्याको दीर्घकालीन समाधानतर्फ केन्द्रित भएको जनाएका छन् ।सरकारले विगत वर्षहरूमा बारम्बार दोहोरिने विपद् अवस्थालाई मध्यनजर गर्दै जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका परिवारलाई सुरक्षित स्थानमा...

