दशैंमा यसरी तयार पार्न सकिन्छ मिठो थकाली खानासेट
काठमाण्डौ । दशैं भन्ने बित्तिकै टिकाजमरा, दक्षिणा, मिठो खानाका परिकार, पिङजस्ता कुराहरु आउँछन् । विशेषगरी दशैंलाई हामी आफ्ना घरपरिवार, इष्टमित्र र आफन्तहरुसँग समय बिताउँदै मिठा परिकार बनाएर खाने पर्वका रुपमा पनि लिन्छौं ।अझ दशैं पर्वमा हामी विशेषगरी दालभात, तरकारी, विभिन्न मासुको परिकार र अचार खाने गर्छौ । सामान्यतया नेपालीहरुले दालभात र तरकारी दिनहुँ खाए पनि दशैंमा त्यहि...

