प्रतिनिधिसभा बैठक आज ११ बजे, बजेटमाथि छलफल अनिश्चित
काठमाण्डौ । संघीय संसद् प्रतिनिधिसभाको आज बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल अघि बढाउने कार्यसूची तय भएपनि राजनीतिक टकरावका कारण बैठकको सञ्चालन नै अनिश्चित बनेको छ। संसद् सचिवालयका अनुसार बजेटमाथि सांसदहरूले उठाउने प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिने तयारी गरिएको छ।

