पुराना गाडी अब ईभीमा रूपान्तरण गर्न पाइने, सरकारको नयाँ नीति
काठमाण्डौ । इन्धनमा बढ्दो निर्भरता घटाउने र प्रदूषण नियन्त्रण गर्ने लक्ष्यसहित सरकारले सवारी क्षेत्रमै ठूलो नीतिगत परिवर्तन गर्ने तयारी थालेको छ।आइतबारको मन्त्रिपरिषद् बैठकले पुराना पेट्रोल र डिजेल सवारीलाई विद्युतीय प्रणालीमा रूपान्तरण गर्न बाटो खोल्ने निर्णय गरेको हो। यसका लागि आवश्यक कानुनी अड्चन हटाउन र स्पष्ट मापदण्ड तयार गर्न सम्बन्धित निकायलाई निर्देशन...

