शनिबार, आश्विन १७,२०८३ 11:58:43
Bizshala
  • शनिबार, आश्विन १७,२०८३ 11:58:43
एनभिडियाको सीईओ एक्लैले करिब डेढ अर्ब रुपैयाँ दिएपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब नाघ्यो
NEWS

एनभिडियाको सीईओ एक्लैले करिब डेढ अर्ब रुपैयाँ दिएपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा संकलित रकम १० अर्ब नाघ्यो

काठमाण्डौ । विश्वप्रसिद्ध अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन हवाङले नेपालका बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।हवाङले उपलब्ध गराएको सहयोग नेपाली मुद्रामा करिब डेढ अर्ब रुपैयाँबराबर हुन्छ। भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा कुनै एक विदेशी व्यक्ति वा व्यावसायिक...

त्रिशूली-३ ‘ए’बाट भोलि ‘राम्रो समाचार’ आउँदैछ !
NEWS

त्रिशूली-३ ‘ए’बाट भोलि ‘राम्रो समाचार’ आउँदैछ !

काठमाडौँ। भोटेकोशी–त्रिशूली बाढीपछि सबैभन्दा जटिल बनेको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको भूमिगत विद्युत्‌गृहसम्म पुग्ने प्रयास निर्णायक मोडमा पुगेको छ। उद्धार कार्यमा प्रत्यक्ष खटिएका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले शुक्रबारसम्म ‘इन्जिनियरिङ हिसाबले राम्रो समाचार’ सुनाउन सकिने आशा व्यक्त गरेका छन्।उद्धार टोलीले झन्डै सानो...

भोटेकोशी विपत्तिमा विश्वको साथ : राहतदेखि ऋणसम्म २१ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता
NEWS

भोटेकोशी विपत्तिमा विश्वको साथ : राहतदेखि ऋणसम्म २१ अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता

काठमाडौँ। भोटेकोशी बाढीले निम्त्याएको मानवीय तथा भौतिक क्षतिपछि नेपालको उद्धार, राहत र पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायले उल्लेख्य सहायता परिचालन गरेको छ। प्रधानमन्त्री बालेन शाहले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार मित्रराष्ट्र तथा बहुपक्षीय विकास साझेदारबाट नगद अनुदान, सहुलियतपूर्ण कर्जा, राहत सामग्री र प्राविधिक सहयोग गरी ठूलो परिमाणमा सहायता प्राप्त भएको...

विपतको मूल्य उपभोक्ताले चुकाउनुपर्ने, ग्यास उद्योगीले बढाए भाउ
NEWS

विपतको मूल्य उपभोक्ताले चुकाउनुपर्ने, ग्यास उद्योगीले बढाए भाउ

काठमाडौं। त्रिशूली नदीको बाढीले पृथ्वी राजमार्ग अवरुद्ध पारेपछि उत्पन्न असहज परिस्थितिलाई देखाउँदै ग्यास उद्योगीहरूले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको मूल्य बढाउने भएका छन्। वैकल्पिक मार्गबाट ढुवानी गर्दा लागत थपिएको भन्दै उद्योगीहरूको छाता संगठन नेपाल एलपी ग्यास उद्योग संघले प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा अतिरिक्त असुल्न आफ्ना सदस्य उद्योगलाई आग्रह...

बाढीले थलिएका व्यवसाय उठाउन सरकारको ‘मेगा राहत प्याकेज’
NEWS

बाढीले थलिएका व्यवसाय उठाउन सरकारको ‘मेगा राहत प्याकेज’

काठमाडौँ। भोटेकोशी बाढीबाट थलिएका उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानलाई पुनः सञ्चालनमा ल्याउन सरकारले कर छुट, भन्सार मिनाहा, सस्तो कर्जा र अग्रिम बीमा दाबी भुक्तानीसहितको विशेष पुनरुत्थान प्याकेज घोषणा गरेको छ।अर्थ मन्त्रालयको प्रस्तावमा भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीका कारण कारोबार, उत्पादन, आयात–निर्यात र आपूर्ति प्रणालीमा परेको असर न्यूनीकरण...

प्रधानमन्त्री राहत कोषमा दिएको रकम अब CSR खर्चमा गणना हुने
NEWS

प्रधानमन्त्री राहत कोषमा दिएको रकम अब CSR खर्चमा गणना हुने

काठमाडौँ। कम्पनी तथा अन्य निकायले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिएको रकम अब सीएसआर खर्चका रूपमा गणना हुने भएको छ। मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ मा गरिएको त्यस्तो योगदानलाई मान्यता दिने गरी सम्बन्धित ऐन, नियम तथा निर्देशिका परिमार्जन गर्ने निर्णय गरेको हो।अहिले विभिन्न नियामकअन्तर्गत रहेका बैंक, बीमा...

त्रिशूली–३ ‘ए’ उद्धारमा निर्णायक मोड, भोलि बिहानसम्म पावरहाउस पुग्ने लक्ष्य
NEWS

त्रिशूली–३ ‘ए’ उद्धारमा निर्णायक मोड, भोलि बिहानसम्म पावरहाउस पुग्ने लक्ष्य

  काठमाण्डौ । भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाभित्र फसेकाहरूको उद्धार प्रयास निर्णायक चरणतर्फ पुगेको छ।उद्धारमा खटिएको टोलीले भोलि बिहानसम्म आयोजनाको पावरहाउस क्षेत्रमा पुग्ने लक्ष्यसहित सुरुङभित्र निरन्तर काम गरिरहेको छ।सुरुङ उद्धारमा संलग्न प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार अहिले उद्धार टोली पावरहाउसबाट करिब १२०...

बाढीपीडितका लागि नाडाद्वारा १० लाख रुपैयाँ सहयोग
NEWS

बाढीपीडितका लागि नाडाद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवाका बाढीपीडित नागरिकको राहत तथा पुनःस्थापनाका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ।नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेट गरी नाडाका तर्फबाट १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।नाडाका अनुसार भदौ १० गते केरुङ, रसुवा, टिमुरेलगायतका...

बाढीले बगाएका व्यावसायिक गाडी र मेसिन फेरि ल्याउँदा सम्पूर्ण भन्सार छुट
ECONOMY& POLITICS

बाढीले बगाएका व्यावसायिक गाडी र मेसिन फेरि ल्याउँदा सम्पूर्ण भन्सार छुट

काठमाडौँ। भोटेकोशी बाढीले मर्मत गर्न नसकिने गरी क्षतिग्रस्त बनाएका वा बगाएका व्यावसायिक सवारी तथा ढुवानी साधन पुनः आयात गर्दा सरकारले भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिने भएको छ। मन्त्रिपरिषद्ले क्षतिग्रस्त साधनको दर्ता खारेज गरी त्यस्तै किसिमको साधन ल्याउँदा पूर्ण महसुल छुट दिने निर्णय गरेको हो।यसबाट बाढीमा ट्रक, कन्टेनर, व्यावसायिक गाडी वा अन्य ढुवानी साधन...

बाढी प्रभावित साना करदाताको एक वर्षको आयकर पूरै छुट हुने
ECONOMY& POLITICS

बाढी प्रभावित साना करदाताको एक वर्षको आयकर पूरै छुट हुने

काठमाडौँ। भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित भई पूर्वानुमानित आय विवरण डी–०१ बुझाउने व्यक्तिले आय वर्ष २०८२/८३ को आयकर पूर्ण रूपमा छुट पाउने भएका छन्। मन्त्रिपरिषद्ले साना करदातालाई लक्षित गर्दै एक आर्थिक वर्षको आयकर नै मिनाहा गर्ने निर्णय गरेको हो।डी–०१ विवरण सामान्यतया पूर्वानुमानित आयका आधारमा कर बुझाउने साना व्यवसायी तथा प्राकृतिक व्यक्तिसँग सम्बन्धित हुन्छ।...

सुस्ताको ‘सीमा चिनाउने’ सिमलको रूख बाढीले बगायो, फेरि बढ्यो सीमा विवादको चिन्ता
NEWS

सुस्ताको ‘सीमा चिनाउने’ सिमलको रूख बाढीले बगायो, फेरि बढ्यो सीमा विवादको चिन्ता

  काठमाण्डौ । नेपाल–भारतबीच लामो समयदेखि विवादित मानिँदै आएको सुस्ता क्षेत्रमा सीमा छुट्याउने अनौपचारिक आधारका रूपमा प्रयोग हुँदै आएको सिमलको रूख नारायणी नदीको बाढीले बगाएको छ।स्थायी सीमा स्तम्भ नरहेको क्षेत्रमा वर्षौंदेखि स्थानीय बासिन्दा तथा नेपाल–भारतका सुरक्षा निकायले समेत उक्त सिमलको रूखलाई सीमा चिनाउने एउटा आधारका रूपमा हेर्दै आएका थिए। अब रूख नै बगेपछि...

भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग
NEWS

भोटेकोसी बाढीपीडितको राहतका लागि एसटीसी ग्रुपको ५० लाख १ हजार रुपैयाँ सहयोग

काठमाण्डौ। एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम आजै अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरियो ।प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले ग्रुपले...

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, बाढीपीडित व्यवसायीलाई कर छुटदेखि सहुलियत कर्जासम्म
NEWS

माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धार प्रयास तीव्र, बाढीपीडित व्यवसायीलाई कर छुटदेखि सहुलियत कर्जासम्म

काठमाण्डौ । त्रिशूली र भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका प्रयास तीव्र पारिएका छन्। बाढीका कारण क्षतिग्रस्त नेपाल विद्युत् प्राधिकरणको माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् केन्द्रमा फसेका कर्मचारी तथा कामदारको खोज तथा उद्धार कार्य जारी रहेको छ।प्राधिकरणका अनुसार टनेलको मुखबाट करिब १५ फिटभित्रसम्म रहेको मलबा हटाएर नेपाली...

बाढीपछि नुवाकोट र धादिङमा वैकल्पिक सडक सञ्चालन, रसुवा जोड्ने मार्ग पनि खुलाइँदै
NEWS

बाढीपछि नुवाकोट र धादिङमा वैकल्पिक सडक सञ्चालन, रसुवा जोड्ने मार्ग पनि खुलाइँदै

काठमाण्डौ । त्रिशूली नदीमा आएको बाढीका कारण गल्छी–त्रिशूली राजमार्ग तथा त्रिशूली नदीमाथिका विभिन्न पुलमा क्षति पुगेपछि अवरुद्ध यातायातलाई सहज बनाउन सडक डिभिजन कार्यालय नुवाकोटले विभिन्न वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ।रसुवा र धादिङसमेत हेर्ने सडक डिभिजन नुवाकोटले बाढीबाट प्रभावित सडक तथा पुलको विकल्पका रूपमा नयाँ सडक निर्माण, मर्मत तथा स्तरोन्नति गरी यातायात...

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि अनलाइन सेक्युरिटिजको १५ लाख ४९ हजार सहयोग
NEWS

भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि अनलाइन सेक्युरिटिजको १५ लाख ४९ हजार सहयोग

काठमाण्डौ । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि अनलाइन सेक्युरिटिज लिमिटेडले १५ लाख ४९ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ ।कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ लाख ४९ हजार ४९ रुपैयाँ सहयोग गरेको जनाएको छ ।हालै आएको बाढी तथा प्राकृतिक विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति दुःख...

कम्पनी नै दर्ता नगरी १८ वर्षदेखि चकलेट उत्पादन, सूर्य कन्फेस्नरीमा प्रहरीको ताला
NEWS

कम्पनी नै दर्ता नगरी १८ वर्षदेखि चकलेट उत्पादन, सूर्य कन्फेस्नरीमा प्रहरीको ताला

काठमाण्डौ । कम्पनी दर्ता नै नगरी विगत १८ वर्षदेखि चकलेट उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको आरोपमा काठमाण्डौको एक चकलेट उत्पादन केन्द्रमा प्रहरीले ताला लगाएको छ।राष्ट्रिय अनुसन्धान विभागबाट प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काडमाण्डौले उक्त उत्पादन केन्द्रमा अनुगमन गरी कारबाही अघि बढाएको हो। प्रहरीले ‘सूर्य कन्फेस्नरी’ नामको लेबल प्रयोग गरेर चकलेट...

भोटेकोशीबाट थलिएका उद्योग–व्यवसायलाई राहत र कर सहुलियत दिने सरकारको निर्णय
ECONOMY& POLITICS

भोटेकोशीबाट थलिएका उद्योग–व्यवसायलाई राहत र कर सहुलियत दिने सरकारको निर्णय

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सरकारले राहतदेखि कर तथा महसुल छुटसम्मका सहुलियत उपलब्ध गराउने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीबाट क्षतिग्रस्त स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन ‘एकीकृत व्यवसाय पुनर्स्थापना योजना’ कार्यान्वयन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा...

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाइने
NEWS

रसुवा बाढीमा ज्यान गुमाएकाको सम्झनामा भदौ २२ गते राष्ट्रिय शोक मनाइने

काठमाण्डौ । सरकारले रसुवामा आएको बाढीबाट ज्यान गुमाएका नागरिकको स्मृतिमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।   

ग्यास अभावमा होटल व्यवसायीलाई सरकारको प्रस्ताव : 'सिलिन्डरको तौल बढाउँछौं, सहयोग गर्नुस्'
NEWS

ग्यास अभावमा होटल व्यवसायीलाई सरकारको प्रस्ताव : 'सिलिन्डरको तौल बढाउँछौं, सहयोग गर्नुस्'

काठमाण्डौ । उद्योगमन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छन्। बाढीका कारण पछिल्ला केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होटल व्यवसायीसँग छलफल गर्दै मन्त्री यादवले उपभोक्तालाई पहिलो प्राथमिकतामा राखेर काम गर्न आग्रह...

नेपालमा एफडीआईको उल्टो चक्र : भित्रियो ७ अर्ब, लाभांशमै बाहिरियो ३४ अर्ब
BANKING

नेपालमा एफडीआईको उल्टो चक्र : भित्रियो ७ अर्ब, लाभांशमै बाहिरियो ३४ अर्ब

काठमाडौं। विदेशी लगानी आकर्षित गर्न सरकारले कानुनी सुधार, एकद्वार सेवा र डिजिटल स्वीकृति प्रणालीको प्रचार गरिरहे पनि वास्तविक लगानीको तस्वीर भने उत्साहजनक देखिएको छैन। नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले नेपालमा भित्रिने प्रत्यक्ष वैदेशिक लगानीभन्दा विदेशी लगानीकर्ताले लैजाने लाभांशको आकार झन्डै पाँच गुणा ठूलो रहेको देखाएको छ।राष्ट्र बैंकले सार्वजनिक गरेको ‘फरेन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.