गणेश नेपालीको पशुपति आर्यघाटमा अन्त्येष्टि, ९ बुँदे सहमतिपछि शव बुझ्यो परिवारले
काठमाण्डौ । मुगुका २५ वर्षीय गणेश नेपालीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि भएको घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको थियो।घटनापछि पीडित परिवार तथा आफन्तले विभिन्न माग राख्दै शव बुझ्न अस्वीकार गरेका थिए। आइतबार पीडित पक्ष र सरकारबीच नौ बुँदे सहमति भएपछि...

