२६ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कमाउनेमा नेपाल माइक्रो इन्स्योरेन्स
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २५.०७ अंकले बढेर २६७८.१७ विन्दुमा उक्लिएको छ । नेप्सेमा सूचीकृत ३११ कम्पनीको २ करोड ३६ लाख ९७ हजार १४५ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुई उपसूचक नै बढेका छन् । जीवन बीमा समूह १.०१ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.३४...