सामान्य अंकले बढ्यो नेप्से, कारोबार ६.१७ अर्ब
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) सामान्य अंकले बढेको छ । आज नेप्से परिसूचक ०.३३ प्रतिशत अर्थात ९.१६ अंकले बढेर २ हजार ७७०.३९ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ४७५.३३ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२० वटा स्क्रिप्टको १ करोड ५२ लाख २९ हजार ८२१ कित्ता सेयर ६ अर्ब...