सूर्योदय वोमी लघुवित्तको एफपीओमा ५१० गुणा बढी आवेदन, साढे १६ लाख बढीको हात खाली हुने
काठमाण्डौ । सूर्योदय वोमी लघुवित्तको एफपीओमा मागको तुलनामा निकै धरै आवेदन परेको छ । निष्कासन भएको अन्तिम दिनसम्म संस्थाको एफपीओमा ५१० गुणा बढी आवेदन परेको छ । सीडीएसीको तथ्यांकअनुसार यो एफपीओ खरिदका लागि १६ लाख ५६ हजार ८२६ आवेदकहरुबाट २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँबराबरको २ करोड ३८ लाख ३७ हजार ९०० कित्ता सेयरका लागि आवेदन माग भएको छ ।