शनिबार, पुष २७,२०८१ 08:05:34
IME remit
  • शनिबार, पुष २७,२०८१ 08:05:34
धितोपत्र बजार पुँजीकरण ३८.५७% ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५८.५%
STOCK MARKET

धितोपत्र बजार पुँजीकरण ३८.५७% ले वृद्धि, बैंक वित्तीय संस्था र बीमा कम्पनीको हिस्सा ५८.५%

काठमाण्डौ । चालु आर्थिक वर्षको दुई महिनासम्ममा धितोपत्र बजार पुँजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड रुपैयाँ कायम भएको छ । धितोपत्र बजार पुँजीकरण गत आर्थिक वर्षको तुलनामा ३८।५७ प्रतिशतले बृद्धि भएको छ ।  २०८० भदौ मसान्तमा बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । २०८० भदौ मसान्तमा १९६४।९२ रहेको नेप्से सूचकाङ्क २०८१ भदौ मसान्तमा २५८०।७६ कायम भएको छ ।

दशैंमा पाएको दक्षिणा जोगाउनुस् है, पाइपलाइनमा छन् ३५ कम्पनीका आईपीओ
STOCK MARKET

दशैंमा पाएको दक्षिणा जोगाउनुस् है, पाइपलाइनमा छन् ३५ कम्पनीका आईपीओ

काठमाण्डौ । साधारण सेयर (आइपीओ) निष्कासनको अनुमति माग्दै ३ दर्जन कम्पनी नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा छन् । लामो समयसम्म धितोपत्र बोर्ड अध्यक्षबिहिन हुँदा ३५ कम्पनीले समयमा नै आइपीओ जारी गर्न पाएका छैनन् ।  लामो समयसम्म बोर्डमा स्थायी अध्यक्ष नहुँदा ३५ वटा कम्पनीको २७ अर्ब ८२ करोड ९१ लाख रुपैयाँबराबरको प्राथमिक सेयर निष्कासन प्रक्रिया रोकिएको छ । बोर्डमा...

हिमालय उर्जाको अक्सनको पैसा फिर्ता नपाएको लगानीकर्ताको आरोप
STOCK MARKET

हिमालय उर्जाको अक्सनको पैसा फिर्ता नपाएको लगानीकर्ताको आरोप

काठमाण्डौ । सेयर लगानीकर्ताहरुले हिमालय उर्जा विकास कम्पनीले आफूहरुको अक्सनको पैसा फिर्ता नदिएको आरोप लगाएका छन् । सक्रिय लगानीकर्ता केशब कोइरालाले पैसा फिर्ता गरिदिन आग्रह गरेका छन् ।  उनले फेसबुकमा लेखेका छन्, ‘बल्ल बुझे ताल नबिल इन्भेष्टमेन्ट बैंक रहेछ तिर्ताले, अक्सनमा नपरेको पैसा फिर्ता ले । सेबोन हाम्रो पैसा समयमै फिर्ता दिलाइदेउ ।’साथै कोइरालाले १० दिनसम्म नबिल...

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए
STOCK MARKET

२३ बीमा कम्पनीको सेयरभाउ बढ्यो, एनएलजी इन्स्योरेन्सका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०७ कम्पनीको ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज उत्पादन तथा प्रशोधन समूहबाहेक सबै उपसूचक बढेका छन् । बीमा समूहका दुईवटै उपसूचक...

दशैंको बिदापछि खुलेको सेयर बजारमा हरियाली, जानकार भन्छन्,‘बजारको बढोत्तरी सकारात्मक’
STOCK MARKET

दशैंको बिदापछि खुलेको सेयर बजारमा हरियाली, जानकार भन्छन्,‘बजारको बढोत्तरी सकारात्मक’

काठमाण्डौ । दशैंको लामो बिदापछि खुलेको नेपाल स्टक एक्सचेञ्च (नेप्से) आज दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १.१७ प्रतिशत अर्थात ३१.४८ अंकले बढेर २ हजार ६९९.६६ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १.२३ प्रतिशतले बढेर ४८६.२९ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०७ वटा स्क्रिप्टको ६४ लाख १७ हजार २६७ कित्ता सेयर ३ अर्ब ६...

हुन्डाईले ल्यायो भारतको सबैभन्दा ठूलो आईपीओ, करिब २८ हजार करोड भारु उठाउने लक्ष्य
STOCK MARKET

हुन्डाईले ल्यायो भारतको सबैभन्दा ठूलो आईपीओ, करिब २८ हजार करोड भारु उठाउने लक्ष्य

काठमाण्डौ । कोरियाली कार निर्माता हुन्डाई मोटर इन्डियाको आईपीओ आजबाट खुल्ला भएको छ । यो भारतकै सबैभन्दा ठूलो आईपीओ हो । यसअघि सबैभन्दा ठूलो आईपीओको रेकर्ड एलआईसीको नाममा थियो । जसले २० हजार ५५७ करोड भारु बराबरको आईपीओ निष्कासन गरेको थियो। हुन्डाईको इश्यू साइज २७ हजार ८५६ करोड भारु छ।तर, ठूला इश्यू साइजका आईपीओको रिटर्नको ट्र्याक रेकर्ड राम्रो नभएको भारतीय मिडियाले लेखेका...

नेपाल हाईड्रो डेभलपरले सुपर खुदी हाइड्रोमा रु.१० करोड लगानी गर्ने
STOCK MARKET

नेपाल हाईड्रो डेभलपरले सुपर खुदी हाइड्रोमा रु.१० करोड लगानी गर्ने

काठमाण्डौ । नेपाल हाईड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रो पावरमा लगानी गर्ने भएको छ । कम्पनीको असोज २३ गतृ बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।  

लिबर्टी इनर्जीले पायो ५०% हकप्रद निष्कासनको अनुमति
STOCK MARKET

लिबर्टी इनर्जीले पायो ५०% हकप्रद निष्कासनको अनुमति

काठमाण्डौ । लिबर्टी इनर्जी कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति पाएको छ । कम्पनीले असोज २३ गते नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासनको अनुमति पाएको हो ।  बोर्डले कम्पनीलाई ५० प्रतिशत अर्थात १ः०.५ हकप्रद निष्कासनको लागि स्वीकृति प्रदान गरेको छ ।  

एनभिडियाको सेयरमूल्य हालसम्मकै उच्च, एशियाली चिप निर्माता कम्पनीहरुको सेयरमूल्य पनि बढ्यो
STOCK MARKET

एनभिडियाको सेयरमूल्य हालसम्मकै उच्च, एशियाली चिप निर्माता कम्पनीहरुको सेयरमूल्य पनि बढ्यो

काठमाण्डौ । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाको सेयरमूल्य हालसम्मकै उच्च कायम भएको छ । सोमबारको कारोबारमा कम्पनीको सेयरमूल्य २.४ प्रतिशतले बढेर प्रतिकित्ता १३८.०७ डलर पुगेको छ ।  यसअघि कम्पनीको सेयरमूल्य गत जुन १८ मा प्रतिकित्ता १३५.५८ डलर पुगेको थियो । यो वर्ष कम्पनीको सेयरमूल्य १७८ प्रतिशतले बढिसकेको छ ।  

गुराँस लघुवित्तको साधारण सभा आज, लाभांश पारित मुख्य अजेण्डा
STOCK MARKET

गुराँस लघुवित्तको साधारण सभा आज, लाभांश पारित मुख्य अजेण्डा

काठमाण्डौ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौं वार्षिक साधारण सभा आज आया्जना गर्दैछ । संस्थाको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार आज धनकुटाको हिलेमा रहेको होटल कान्जिरोवामा बिहान ९ बजेदेखि सभा सुरु हुनेछ ।  उक्त सभामा संस्थाको सञ्चालक समितिले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद...

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
STOCK MARKET

रुरु जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले गत आव २०८०÷८१ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

दशैंअघि लगातार २ साता बढेको बजार छलाङ मार्ने तयारीमा, कस्तो रहला आगामी यात्रा ?
STOCK MARKET

दशैंअघि लगातार २ साता बढेको बजार छलाङ मार्ने तयारीमा, कस्तो रहला आगामी यात्रा ?

काठमाण्डौ । दशैंअघिको साता सेयर बजारमा ४ दिन कारोबार  भयो  । चार दिनको कारोबारमा बजार १  दिनमात्रै घट्यो भने ३ दिन बढ्यो । अघिल्लो साता २५ सय ९७ को विन्दुमा बन्द भएको बजार यो साता २६ सय ६८.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजार ७०.६८ अंकले बढेर बन्द भयो । अघिल्लो साता बजार ११०.७३ अंकले बढेर बन्द भएको थियो ।यो साताको ४ दिनमा २१ अर्ब १६ करोडको कारोबार भयो  ।...

हालसम्म कुन हाईड्रो कम्पनीले कति घोषणा गरे लाभांश ? कति वटाको बाँकी ?
STOCK MARKET

हालसम्म कुन हाईड्रो कम्पनीले कति घोषणा गरे लाभांश ? कति वटाको बाँकी ?

काठमाण्डो । नेप्सेमा सूचीकृत ९१ वटा हाईड्रो कम्पनीमध्ये हालसम्म ९ वटाले मात्रै लाभांश घोषणा गरेका छन् । जसमध्ये एउटा कम्पनीले नगद लाभांश मात्रै, २ वटाले बोनस सेयर मात्रै र ६ वटाले नगद र बोनस सेयर दुवै दिने प्रस्ताव गरेका छन् ।  हालसम्म लाभांश घोषणा गर्नेमा साहस उर्जा, सिईडिबि हाईड्रोपावर, भगवति हाईड्रोपावर, माण्डु हाईड्रोपावर, सुपरमाई हाईड्रोपावर, अपि पावर कम्पनी,मन्दाकिनी...

विश्वका सफल सेयर खेलाडीका लगानीका ६ साझा मन्त्र
STOCK MARKET

विश्वका सफल सेयर खेलाडीका लगानीका ६ साझा मन्त्र

काठमाण्डौ । यदि तपाईं सेयरबजारबाट  राम्रो कमाई गर्न चाहनुहुन्छ भने तपाईंले सेयर बजार र यसमा लगानी गर्दा अपनाउनुपर्ने आधारभूत कुराहरुमा बढी ध्यान दिनुपर्छ । यी यस्ता नियम हुन्, जसलाई बजारमा सफल हुने लगानीकर्ताले लगातार पछ्याउँछन् ।विश्व बजारमा सेयरका बादशाह भनेर चिनिने वारेन बफेट लगायतका सेयरका खेलाडीहरु जस–जसले सफलता पाएका छन्, उनीहरुको सफलताका केही कुराहरु समान छन् ।...

मर्चेन्ट बैंकरहरुको २०८१ सालको दशै: दक्षिणालाई लगानीमा रुपान्तरण गर्न सुझाव
STOCK MARKET

मर्चेन्ट बैंकरहरुको २०८१ सालको दशै: दक्षिणालाई लगानीमा रुपान्तरण गर्न सुझाव

काठमाण्डौ । हिन्दु नेपालीहरुले यतिबेला दशैं मनाईरहेका छन् । बडादशैं भन्ने बित्तिकै हामी स–परिवार भेलाभई ठूला बडाहरुको हातबाट टिका जमरासँगै आशिष ग्रहण गर्ने र परिवारसँगै समय विताउने सम्झिन्छौं ।  अझ दशैं भन्ने बित्तिकै सबैले सम्झिने भनेको आ–आफ्नो बालापन हो । नयाँ लुगा लगाएर साथीभाई जम्मा भई पिङ खेल्ने, लङ्गुर बुर्जा खेल्ने जस्ता मिठो क्षण सबैको बालापनमा अवश्य रहेको...

स्वचालित कारको अवधारणाले लगानीकर्ता प्रभावित नबन्दा टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट
STOCK MARKET

स्वचालित कारको अवधारणाले लगानीकर्ता प्रभावित नबन्दा टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट

काठमाण्डौ । अमेरिकी ईभी कार निर्माता कम्पनी टेस्लाको सेयरमूल्यमा व्यापक गिरावट आएको छ ।  स्वचालित कन्सेप्ट कार साइबर ट्रकले लगानीकर्तामाझ प्रभाव छाड्न असफल भएसँगै टेस्लाको सेयरमूल्य प्रि–मार्केटमा ५.७ प्रतिशतले घटेको छ ।  

नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?
STOCK MARKET

नेटवर्थ र ईपीएस हेरेर लगानी गर्नु कति उचित? निर्जीवन बीमा कम्पनीको अवस्था कस्तो ?

काठमाण्डौ । यदि धितोपत्र दोस्रो बजारमा लगानी गर्ने हो भने लगानीकर्ताले सम्बन्धित कम्पनीको वित्तीय अवस्थाको बारेमा अवश्य जानकारी राख्नुपर्दछ । आफुले लगानी गर्न लागेको कम्पनीको व्यवसाय, मुनाफा, आम्दानीको अवस्था, सेयरधनीलाई वितरण गर्न छुट्याइएको मुनाफा अंश, जगेडा कोष, चुक्तापुँजी, इपीएस, नेटवर्थ र पीई रेसियो जस्ता सूचकहरुको विषयमा जानकारी राख्न आवश्यक पर्छ ।सेयर बजारमा...

दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति
STOCK MARKET

दसैंको दक्षिणा गन्दाको जस्तो मज्जा केहीमा आएन: नरेन्द्र सिजापति

काठमाण्डौ । कालिका सेक्यूरिटिज(स्टक ब्रोकर नम्बर ४६)का सञ्चालक नरेन्द्र सिजापति यसपटकको दसैंमा टाढा घुम्न गएनन् । यसपालि पूरै समय घरमा पारिबारिलाई नै समय दिएर दसैं मनाइरहेका छन्, रमाइरहेका छन् ।  दैलेख घर भएका सिजापति काठमाण्डौको लोकन्थलीका बासिन्दा हुन् । सधैं घुमघाम गर्न रुचाउने सिजापति यसपालि भने केही भिन्न शैलीमा दसैं मनाउँदैछन् । 

यो दसैंमा पहिलोपटक ‘ठूलो जहाज’ चढेर राधा पोखरेल विदेश घुम्दै
STOCK MARKET

यो दसैंमा पहिलोपटक ‘ठूलो जहाज’ चढेर राधा पोखरेल विदेश घुम्दै

काठमाण्डौ । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलको यसपटकको दसैं विगतभन्दा केही फरक भइरहेको छ । पोखरेल यसपालि दसैंमा नयाँ घर बुढानिलकण्ठमा सरेकी छिन् भने यूएई लगायतका देशहरु आफ्ना पतिसँग घुम्न निस्किएकी छिन् ।  उनी पासपोर्ट बनाएको ८ वर्षपछि विदेश घुम्न गएकी हुन् । उनले भनिन्–‘सगै पासपोर्ट बनाएका साथीहरु विदेश पुगिसके । मैले भने पहिलोपल्ट ठूलो जहाज चढेँ ।...

लगानीकर्ताका लागि तीन वर्ष पीडादायी रह्यो, यो दसैंपछि नयाँ उमङ्ग आउनेछ: सागर ढकाल
STOCK MARKET

लगानीकर्ताका लागि तीन वर्ष पीडादायी रह्यो, यो दसैंपछि नयाँ उमङ्ग आउनेछ: सागर ढकाल

काठमाण्डौ । केही समय ह्वात्तै बढेको सेयरबजार दसैं अगाडि केही सुस्ताएको छ । यहीबेला दसैंको विदा पनि सुरु भएको छ । न्यू ब्रोकर एसोसियसन अफ नेपालका अध्यक्ष सागर ढकालको यसपटकको दसैं काठमाण्डौमै मनाउँदैछन् ।  अघिल्लो वर्ष गाउँमा मनाए पनि यसपालि पारिवारिक विवाह परेका काठमाण्डौमै दसैं मनाइरहेका छन् ।

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.