प्रभु बैंकको ३.६९ लाख कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख ६९ हजार ८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।