राप्ती हाईड्रोको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाण्डौ । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३२४.४४ रुपैयाँ कायम भएको छ ।