सेयर बजारको उत्साहलाई दिगो बनाउने अर्थमन्त्रीको उद्घोष, भन्छन्–‘यत्तिकैमा चित्त बुझाएर बस्दैनौं, तीव्र प्रगति चाहिएको छ’
काठमाण्डौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सेयर बजारमा देखिएको उत्साहलाई सरकारले मर्न नदिने, बरु अझ दिगो र स्थिर बनाउने उद्घोष गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आइतबार काठमाण्डौमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले बजारमा देखिएको उत्साहलाई दिगो बनाइराख्न आवश्यक संरचनागत, नीतिगत र प्रविधिगत सुधारका लागि सरकार कटिबद्ध रहेको समेत बताएका छन् ।