बिहीबार, चैत्र २१,२०८१ 04:37:04
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 04:37:04
IME remit
Global IME Bank Limited

भारत मोबिलिटी ग्लोबल एक्स्पोः बच्चाका लागि हाइट एडजस्टेबल ई–बाइकदेखि विश्वकै पहिलो सीएनजी स्कुटर र एआई बाइकसम्म

Hyundai Nepal
भारत मोबिलिटी ग्लोबल एक्स्पोः बच्चाका लागि हाइट एडजस्टेबल ई–बाइकदेखि विश्वकै पहिलो सीएनजी स्कुटर र एआई बाइकसम्म
Nabil Bank Limited

काठमाण्डौ । भारतमा आयोजना भईरहेको ‘भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५’मा टीएभीएस,बीएमडब्लू र यमाहा जस्ता कयौं ठूला ब्राण्डहरुले आफ्नो कन्सेप्ट मोडल पेश गरेका छन् ।  

यी मोडहरुको आ–आफै विशेषता रहेका छन् । कम्पनीले यी मोडलहरुले अटो क्षेत्रमा नयाँ फड्को मार्ने विश्वास गरेका छन् । उक्त एक्स्पोमा पेश गरिएका बाइक तथा स्कुटरको अद्धितीय कन्सेप्ट मोडल यस्ता छन् ः

टीभीएस जुपिटर सीएनजी

टीभीएस जुपिटर सीएनजी कन्सेप्ट विश्वकै पहिलो सीएनजी–पावर्ड स्कुटर हो । यो कम्पनीको पेट्रोल स्कुटर जुपिटर १२५ मा आधारित छ । यसमा सीटको तल १.४ किलोग्रामको सीएनजी ट्याङ्क रहेको छ । यस्तै यसमा २ लिटरको पेट्रोल ट्याङ्क पनि रहेको छ । कम्पनीले यी दुबै ट्याङ्की फूल भयो भने स्कुटर २२६ किलोमिटरसम्म कुद्ने दाबी गरेको छ ।  

यस्तै सीएनजी मोडमा यसको माइलेज ८४ किमी प्रति किलोग्राम हुने कम्पनीले जनाएको छ । टीभीएस मोटरले यो स्कुटरको लञ्च डेट भने एकिन गरिसकेको छैन ।  

Shivam Cement
Bizshala
CG Motors

हिरो विडा एक्रो  

हिरो मोटरकर्पले विडा एक्रोलाई शोकेश गरेको छ । यो बालबालिकाका लागि ईभी अफरोड बाइक हो । विडा एक्रो एउटा आम डर्ट बाइक जस्तै देखिन्छ । विडा एक्रोलाई विशेष ट्याकमा चलाउनका लागि निर्माण गरिएको हो । यसमा हब मोटर लगाइएको छ । जसले यसलाई २५ किमी प्रतिघण्टाको उच्च स्पिड प्रदान गर्छ । थ्रोटल रेस्पोन्स बदल्नका लागि तीनवटा राईडिङ मोड दिइएको छ ।  

यमाहा वाई/एआई मोटरसाइकल  

यमाहाको वाई/एआई कन्सेप्ट मोटरसाइकल एआई तथा फ्युचरिस्टीक डिजाइनको मिश्रण हो । यसको डिजाइन वाईजेटआर–एम१बाट प्रभावित छ । यसका साथै यो एआईबाट चल्ने फ्युचर बाइक हो । यो बाइकलाई सन् २०२४ मा रिलिज भएको साइन्स फिक्सन ‘एनीमे टोक्यो ओवेराइड’मा देखाइएको थियो । कम्पनीले हाललाई बाइक लञ्च गर्ने कुनै योजना भने बनाएको छैन ।  

टीभीएस भिजन आइक्युब

टीभीएस भिजन आईक्युब कन्सेप्ट एउटा ईभी स्कुटर हो । जसमा ३.४ किलोवाट ब्याट्री प्रदान गरिएको छ । यसको रियल रेञ्ज १५० किमि रहेको छ । यसमा दुईवटा रिमुभेबल रेञ्ज बुस्टर दिइएको छ । जसमा यसको रेञ्ज ४०–५० किमी बढ्छ । फ्युचरिस्टीक डिजाइनमा कपर पेन्ट स्किम,ट्रान्सप्यारेन्ट हेड–अप डिस्प्ले,फ्लोटिङ बटन,अटोमेटिक हाइट–एडजस्टेबल सीटर र आरामका लागि १४ इन्चको ह्विल दिइएको छ । टीभएएसले यो स्कुटरका बारेमा कुनैपनि लञ्च टाइम दिएको छैन ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बीएमडब्लू एफ४५० जीएस

बीएमडब्लू एफ४५० जीएस एउटा एड्भेन्चर टूरिङ कन्सेप्ट बाइक हो । जसको स्टालिङ ठूलो बीएमडब्लू आर १३०० जीएसबाट प्रभावित छ । यसमा परफर्मेन्सका लागि ४५० सीसीको ट्विन–सिलेन्डर इन्जिन दिइएको छ । जसले ४८ एचपी पावर जेनेरेट गर्छ ।  

टीभीएस आरटीएस–एक्स

टीभीएस आरटीएस–एक्स कन्सेप्ट एउटा सुपरमोटो बाइक हो । जसलाई अपकमिङ टीभीएस आरटीएक्स ३०० एड्भेन्चर बाइकको जस्तै नयाँ आरटी एक्सडी४ २९९ सीसी इन्जिनको साथ च्यासिस प्लेटफर्ममा बनाइएको छ । यसको इन्जिन ३५ एचपी पावर २८.५ एनएम रहेको छ । कम्पनीले यो बाइकले केवल २.८ सेकेन्डमा ० देखि ६० किमी प्रतिघण्टा र ६.३ सेकेण्डमा ० देखि १०० किमी प्रतिघण्टाको रफ्तार लिन सक्ने दाबी गरेको छ ।  

एम्पीयर जाइबर

एम्पीयरले जाइबर कन्सेप्ट ईभी मोटरसाइकल पेश गरेको छ । कम्पनीले यो ईभी बाइकले फूल चार्जमा २०० किमीको रेञ्ज दिने दाबी गरेको छ । यसमा पर्फर्मेन्सका लागि १० किलोवाटको ईभी मोटर दिएको छ । जसको उच्च गति १०० किमि प्रतिघण्टा रहेको छ । बाइकमा लिथियम आयरन फस्टेट ब्याट्री तथा एसी र डीसी गरी दुवै प्रकारका फास्ट चार्जिङ उपलब्ध छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.