सोमबार, बैशाख ७,२०८३ 01:01:59
Bizshala
  • सोमबार, बैशाख ७,२०८३ 01:01:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भारतमा तहल्का पिट्दै तीनपाङ्ग्रे कार, ३० हजार युनिट बुकिङ

Bizshala
भारतमा तहल्का पिट्दै तीनपाङ्ग्रे कार, ३० हजार युनिट बुकिङ
Shivam Cement

काठमाण्डौ । भारतमा जेनसोलले ‘ईजिओ’ तथा ईजीबोट गरी दुईवटा ईभी सवारी साधन उत्ताने तयारी गरेको छ । ईजिओ तीनपाङ्ग्रा भएको एउटा सानो ईभी कार हो । त्यस्तै ईजीबोटलाई कम्पनीले कार्गो सवारी साधनको रुपमा तयार गरेको छ ।  

जसको प्रयोग बीटुबी बिजनेशका लागि गरिने जनाइएको छ । ईटी अटोको रिपोर्टका अनुसार यी दुवै सवारी साधनको ३० हजार युनिटका लागि कम्पनीले प्रि–अर्डर पाईसकेको छ । कम्पनीले ईजिओलाई यो वर्षको दोस्रो त्रैमासमा लञ्च गर्ने जनाएको छ । यसलाई सुरुवातमा बैंग्लोर र पछि दिल्ली जस्ता अन्य शहरहरुमा लञ्च गर्ने योजना कम्पनीको रहेको छ ।  

त्यस्तै कार्गो भेरियन्ट ईजीबोटलाई पनि सन् २०२६ सम्म बजारमा उत्तार्ने योजना कम्पनीको रहेको छ । जेनसोलले यी दुवै सवारी साधनलाई चुनौतिपूर्ण मौसममा परीक्षण गरिएको जनाएको छ । यी सवारी साधनलाई उग्र गर्मीदेखि लिएर मनसुनी मौसमसम्म परीक्षण गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

यी दुवै कारमा एलएफपी(लिथियम आयरन फोस्फेट)ब्याट्रीको प्रयोग गरिएको छ । कम्पनीले यो ब्याट्रीमा ३ हजार चार्ज साइकल रहेको जनाएको छ । यसअघि भने ८ सयदेखि १ हजारसम्मको साइकल हुने गर्थ्यो ।  

कस्तो छ ईजिओ ईभी कार ?

यो कार तिनपाङ्ग्रा भएको कार हो । यसको लम्बाई ३ हजार ३५ मिमि, चौडाई १ हजार ५५० मिमि,उचाई १ हजार ६७५ मिमि र ह्वीलबेस २ हजार ५० मिमि रहेको छ । कम्पनीले यो कारमा २५० लिटरको बुट–स्पेश पनि दिइएको जनाएको छ । यो कारमा दुईजना मात्रै बस्ने मिल्छ ।  

CG Motors
Garima Development Bank
IME remit

पावर, पर्फरमेन्स र रेञ्ज

जेनसोल ईजिओमा कम्पनीले १४.५ किलोवाट क्षमताको ईभी मोटर प्रयोग गरेको छ । जसलाई १६.७ किलोवाट क्षमताको लिथियम आयरन फोस्फेट ब्याट्रीसँग जोडिएको छ । यो कारको उच्च गति ८० किलोमिटर प्रतिघण्टा रहेको र सिंग्ल चार्जमा यो कार २ सय किमीभन्दा बढी ड्राईभिङ रेञ्ज दिन्छ । यो कारमा एउटा मोनोरुफ पनि दिइएको छ । जुन क्याबिनलाई अझै सुन्दर बनाइएको छ ।  

कम्पनीले फास्ट चार्जिङबाट यो कारको ब्याट्रीलाई केवल २ घण्टामा चार्ज गर्न सकिने जनाएको छ । यस्तै स्लो चार्जरबाट फूल चार्ज गर्न करिब ५ देखि ६ घण्टा लाग्छ ।  

 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.