सोमबार, आश्विन २६,२०८३ 09:44:48
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:44:48
Bizshala
Global IME Bank Limited

बैंकले ग्राहकको खातामा २८० डलरको सट्टा ८१ ट्रिलियन डलर जम्मा गरेपछि....

Bizshala
बैंकले ग्राहकको खातामा २८० डलरको सट्टा ८१ ट्रिलियन डलर जम्मा गरेपछि....
New Office

काठमाण्डौ । अमेरिकी मल्टीनेशनल इन्भेष्टमेन्ट बैंक तथा वित्तीय सेवा प्रदायक कम्पनी सिटीग्रुपले झुक्किएर ग्राहकको खातामा २८० डलरको सट्टा ८१ ट्रिलियन डलर जम्मा गरेको घटना सार्वजनिक भएको छ ।  

बैंकलाई उक्त रकम फिर्ता गर्न घण्टौं समय लागेको र यसबाट बैंकको सञ्चालनमा समेत समस्या उत्पन्न भएको रिपोर्टमा जनाइएको छ । यो घटना गत वर्षको अप्रिलको हो ।  

यो घटनामा बैंकका दुईजना कर्मचारी संलग्न थिए र यो घटनाबारे ९० मिनेटपछि मात्रै बैंकले थाहा पाएको फाइनान्सियल पोष्टले जनाएको छ । उक्त घटनाको जानकारी बैंकले १० महिनापछि मात्रै सार्वजनिक गरेको हो । यद्यपी बैंकबाट फण्ड भने ग्राहकको खातामा ट्रान्सफर भने हुन नपाएको बैंकले जनाएको छ । बैंकको ‘डिटेक्टिभ कन्ट्रोलले घटनाको पहिचान तत्कालै गरेको र उक्त इन्ट्रीलाई रिभर्स गरेको बैंकले जनाएको छ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

गत वर्ष पनि बैंकमा १ अर्ब डलरबराबरको रकम भुक्किएर खातामा गएका १० वटा घटना घटेका थिए । त्यसअघिको वर्षमा यस्ता घटना १३ वटा घटेका थिए ।  

गत महिना बैंकका सीएफओ मार्क म्यासनले कम्प्लाइन्ससम्बन्धी समस्या समाधानका लागि बैंकले लगानी बढाउने बताएका थिए ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

गत वर्ष बैंकले यी समस्याहरु समाधान गर्नका लागि आवश्यक कदम नचालेको विषयमा १३६ मिलियन डलरबराबरको जरीवाना तिरेको थियो । यस्तै बैंकले सन् २०२० मा ४०० मिलियन डलर जरीवाना तिरेको थियो ।  

यो बैंकले विगतका केही वर्षदेखि सञ्चालनजन्य त्रुटिहरुको सामना गरिरहेको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.