आईतवार, आश्विन २५,२०८३ 12:26:47
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 12:26:47
Bizshala
Global IME Bank Limited

मारुतीले यो वर्ष मात्रै ३ पटक बढायो कारको मूल्य, अप्रिलदेखि थप ४% महङ्गो हुने

Bizshala
मारुतीले यो वर्ष मात्रै ३ पटक बढायो कारको मूल्य, अप्रिलदेखि थप ४% महङ्गो हुने
New Office

काठमाण्डौ । मारुती सुजुकीले आगामी अप्रिलदेखि आफ्ना कारहरुको मूल्य ४ प्रतिशतसम्म बढाउने घोषणा गरेको छ । यो बढोत्तरी कम्पनीको लाइनअपका सबै मोडलहरुमा अलग–अलग हुनेछ । बढ्दो कच्चा पर्दाथको मूल्य र सञ्चालन खर्चका कारण मारुतीले मूल्य बढाउने निर्णय गरेको जनाइएको छ ।  

यसअघि गत फेब्रुअरी १ मा मारुतीले आफ्ना कारहरुको मूल्य ३२ हजार ५ सय भारुसम्म बढाएको थियो । यस्तै जनवरीमा पनि कम्पनीले आफ्ना लाइनअपका सबै मोडलको मूल्य ४ प्रतिशतसम्मले वृद्धि गरेको थियो । त्यसबेला पनि कम्पनीले कच्चा पर्दाथको बढ्दो मूल्यका कारण यस्तो निर्णय गर्नु परेको जनाएको थियो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Bizshala

मारुतीले फेब्रुअरीमा कुल १ लाख ६० हजार ७९१ युनिट कार बिक्री गरेको छ । यो संख्या जनवरीमा बिक्री गरिएको १ लाख ६० हजार २७२ को तुलनामा ०.३२ प्रतिशतले मात्रै बढी हो ।  

कम्पनीले कारको मूल्य बढाउने घोषणा गरेसँगै कम्पनीको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य २ प्रतिशतले बढेर प्रतिकित्ता ११ हजार ७५२ भारु पुगेको छ । विगत एक वर्षदेखि कम्पनीको सेयरमूल्यमा सुधार आउन सकिरहेको छैन । विगत ६ महिनामा कम्पनीको सेयरमूल्य ६ प्रतिशतले घटेको छ । यस्तै एक महिनामा कम्पनीको सेयरमूल्य १० प्रतिशतले खस्किसकेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.