• आईतवार, भाद्र २९,२०८२ 05:02:14
Global IME Bank Limited

केजरीवालको आईफोन अनलक गर्न भारत सरकारले माग्यो एप्पलसँग सहयोग,कम्पनीको जवाफ यस्तो

Hyundai Nepal
केजरीवालको आईफोन अनलक गर्न भारत सरकारले माग्यो एप्पलसँग सहयोग,कम्पनीको जवाफ यस्तो

काठमाण्डौ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल गत एक सातादेखि हिरासतमा छन् । उनलाई हालै १५ दिनका लागि न्यायिक हिरासतका लागि तिहाड जेलमा राखिएको छ । न्यायिक हिरासतमै राखेर केजरीवालमाथि अनुसन्धान गरिनेछ ।  

मदिरा नीति घोटाला काण्डमा केजरीवाललाई भारतको प्रवर्तन निर्देशनालय(ईडी)ले विभिन्न प्रश्नहरु सोधिरहेको छ । मिडिया रिपोर्टका अनुसार जाचँको क्रममा ईडीले केजरीवालको मोबाइल फोन खोल्न सकिरहेको छैन ।  

रिपोर्टका अनुसार केजरीवालले आफ्नो आईफोन स्विच आफ गरेका छन् र उनी पासवर्ड दिन मानिरहेका छैनन् । यसपछि र्इ डीले फोनमा रहेको डेटामाथि पहुँच कायम राख्न आईफोन निर्माता कम्पनी एप्पलमा सम्पर्क गरेर सहयोग मागेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

एप्पलको आईफोन आफ्नो हाई सेक्युरिटीका कारण चर्चित छ । एन्ड्रोइड स्मार्टफोनको तुलनामा आईफोन धेरै नै सुरक्षित मानिन्छ । पार्सवर्ड बिना आईफोनको डेटामा पहँच राख्न सकिदैन ।  

रिपोर्टका अनुसार ईडीले केजरीवालको फोनमा पहँच राख्नका लागि एप्पलमा सम्पर्क गर्दा कम्पनीले यसका लागि पासवर्ड आवश्यक पर्ने जवाफ दिएको छ । ईडीले केजरीवालको ४ वटा फोन जफत गरेको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.