सोमबार, आश्विन ५,२०८३ 07:08:06
Bizshala
  • सोमबार, आश्विन ५,२०८३ 07:08:06
Bizshala
Global IME Bank Limited

भृकुटीमण्डपमा सुरु भयो यामाहाको ‘ब्लू फेस्ट’, एक्सचेन्जमा १० लाखसम्म क्यासब्याक

भृकुटीमण्डपमा सुरु भयो यामाहाको ‘ब्लू फेस्ट’, एक्सचेन्जमा १० लाखसम्म क्यासब्याक
New Office

काठमाण्डौ ।  यामाहाको “ब्लू फेस्ट”, द बिगेस्ट एक्सचेन्ज मेला, काठमाडौंको भृकुटीमण्डपमा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। असोज १० गतेसम्म सञ्चालन हुने मेलाको औपचारिक उद्घाटनसँगै एक्सचेन्ज अफर, फाइनान्सिङ सुविधा र लाइभ इन्टरटेनमेन्टका कार्यक्रमहरू सुरु भएका छन्। यामाहा नेपालको आधिकारिक वितरक एमएडब्लू राइड्स प्रालिको आयोजनामा भइरहेको मेला ६ दिनसम्म चल्नेछ।

उद्घाटन कार्यक्रममा डिलर प्रतिनिधि, कम्पनीका अधिकारी तथा यामाहाप्रेमीहरूको उल्लेख्य सहभागिता रहेको थियो। उद्घाटनपछि आगन्तुकहरूले मेलास्थलमा प्रदर्शनीमा राखिएका यामाहाका अत्याधुनिक प्रविधियुक्त स्कुटर तथा मोटरसाइकलहरूको विस्तृत रेन्ज अवलोकन गर्न सक्नेछन्।

मेला अवधिभर ग्राहकले आफ्ना पुराना दुईपांग्रे सवारीसाधन एक्सचेन्ज गर्न सक्नेछन्। यसका लागि ५० भन्दा बढी तालिमप्राप्त भ्यालुएटरको टोली परिचालन गरिएको छ जसले प्रत्येक सवारीसाधनको अधिकतम मूल्यांकन सुनिश्चित गर्नेछ। मेलामा “चंगा चेट” अभियानअन्तर्गत नयाँ यामाहामा अपग्रेड हुन प्रोत्साहन गर्नुका साथै योग्य एक्सचेन्जमा १० लाख रुपैयाँसम्मको क्यासब्याक अफर पनि उपलब्ध छ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सवारीसाधन खरिदलाई सहज बनाउन यामाहाले नागरिकताको आधारमा तत्काल फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ। साथै, ४० महिनासम्मको कम ईएमआई योजनाको सुविधा पनि रहेको छ। मेला अवधिभर आयोजना हुने विभिन्न गतिविधिमार्फत आगन्तुकहरूले हाइटेक ग्याजेटहरू जित्ने अवसरसमेत पाउनेछन्।

उद्घाटन समारोहमा बोल्दै एमएडब्लू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले भने, “ब्लू फेस्टको प्रत्येक संस्करणले नेपाली राइडरहरूका लागि एक्सचेन्ज र अपग्रेड किन महत्वपूर्ण हुन्छ भन्ने कुरा सम्झाउने गर्दछ। यो वर्ष “द बिगेस्ट एक्सचेन्ज मेला” मार्फत हामीले सवारीसाधनको मूल्यांकनदेखि फाइनान्सिङ र नयाँ यामाहा लिएर घर फर्किने क्षणसम्मको सम्पूर्ण प्रक्रियालाई सकेसम्म सहज र लाभदायक बनाउन चाहेका छौं।”

खरिदको अनुभवसँगै मेलामा आगन्तुकका लागि टेस्ट राइडमा पुरस्कार जित्ने अवसर, राइडर, क्रिएटर तथा सेलिब्रेटीसँग मीट-एण्ड-ग्रीट सेसन प्रस्तुति पनि राखिएको छ। ६ दिनसम्म सञ्चालन हुने मेलामा विभिन्न डुअर प्राइज र निःशुल्क एसेसरिज पनि उपलब्ध हुनेछन्।

“यामाहा ब्लू फेस्ट” काठमाडौंको भृकुटीमण्डपमा असोज १० गतेसम्म सञ्चालन हुनेछ। इच्छुक ग्राहकले मेलास्थलमा प्रत्यक्ष पुगेर जानकारी लिन सक्नेछन्। थप जानकारीका लागि यामाहा नेपालको एनटीसी नम्बर १६६००१११०४४ वा एनसेल नम्बर ९८०१३४५२४३ मा सम्पर्क गर्न सकिन्छ। डिलरशिपसम्बन्धी जानकारीका लागि ९८०१०१७३०० मा सम्पर्क गर्न सकिनेछ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.