सोमबार, असार २,२०८२ 12:09:42
  • सोमबार, असार २,२०८२ 12:09:42
Global IME Bank Limited

सुन हालसम्मकै महङ्गो, आज एकैदिन प्रतितोला १७ सयले बढ्यो

Hyundai Nepal
सुन हालसम्मकै महङ्गो, आज एकैदिन प्रतितोला १७ सयले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । अघिल्लो दिन प्रतितोला २३ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ कायम भएको २ ।  अघिल्लो दिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४० हजार ५ सय रुपैयाँ कायम थियो ।  

यसअघि गत जेठ ७ गते सुनको मूल्य हालसम्मकै उच्च कायम थियो । त्यसदिन छापावाला सुनको मूल्य ९ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १७ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३८ हजार ८ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.