शनिबार, बैशाख ६,२०८२ 03:12:51
IME remit
  • शनिबार, बैशाख ६,२०८२ 03:12:51
टीभीएस मोटरको पहिलो ‘रोनिन कल्ट राइड’ सम्पन्न
AUTO

टीभीएस मोटरको पहिलो ‘रोनिन कल्ट राइड’ सम्पन्न

काठमाण्डौ । टीभीएस मोटर नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि विभिन्न पृष्ठभूमिका ३० जना राईडरहरूसहित काठमाण्डौदेखि कुलेखानीसम्मको यात्रा,‘फर्स्ट रोनिन कल्ट राइड’सफलतापूर्वक आयोजना गरेको छ ।२३ वर्षीय राइडर, सञ्जय आलेले, यस महत्वपूर्ण सवारीका लागि पोखरादेखि काठमाण्डौसम्मको यात्रा गरेर सहभागीहरूको हौसला बढाएका थिए ।  

नेटाका ईभीमा क्याटएलद्वारा निर्मित ब्याट्री प्रयोग गरिने, १० वर्षे रणनीतिक साझेदारी गर्ने सम्झौता
AUTO

नेटाका ईभीमा क्याटएलद्वारा निर्मित ब्याट्री प्रयोग गरिने, १० वर्षे रणनीतिक साझेदारी गर्ने सम्झौता

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी नेटाले आफ्ना गाडीहरुमा क्याटएल कम्पनीद्वारा निर्मित ब्याट्री प्रयोग गर्ने भएको छ । यसका लागि दुई कम्पनीबीच सम्झौता सम्पन्न भएको छ ।  उक्त सम्झौता गत मे २४ गते नेटाको प्रधान कार्यालयमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा नेटाका सीईओ तथा सह–संस्थापक झाङ योङ र क्याटएलका संस्थापक तथा अध्यक्ष रोबिन जेङ र सीईओ फाङ युनझोउको सहभागिता रहेको...

जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’
AUTO

जगदम्बा मोटर्सले ल्यायो टीभीएस मोटरसाइकलमा अफरसहितको ‘च्याम्पियन्स एक्सचेन्ज’

काठमाण्डौ । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले ग्राहकहरूका लागि ‘च्याम्पियन्स एक्सचेन्ज’अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ १४ देखि जेठ १९ गते सम्म सञ्चालन हुनेछ ।‘च्याम्पियन्स एक्सचेन्ज’अभियानले स्मार्ट कनेक्ट, आरटी–फाई,बीएस–भीआई, राइड मोडहरू, र जीटीटी (ग्लाइड थ्रु...

नयाँ ईभी निर्यात गर्नेमा बीवाईडीको दबदवा, स्टार्टअपमा भने नेटा अग्रस्थानमा
AUTO

नयाँ ईभी निर्यात गर्नेमा बीवाईडीको दबदवा, स्टार्टअपमा भने नेटा अग्रस्थानमा

काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी बीवाईडीले देश बाहिर आफ्नो निर्यात बढाएको छ । यो वर्षको जनवरीदेखि अप्रिल महिनासम्म सबैभन्दा धेरै ईभी गाडी निर्यात गर्नेको सूचीमा बीवाईडीले बर्चस्व कायम गरेको छ ।  बीवाईडीले यो वर्षको मार्च महिनासम्म १ लाख ३८ हजार ७६९ युनिट ‘न्यू ईनर्जी भेहिकल(एनईभी)निर्यात गरेको छ । यो संख्या अमेरिकी प्रतिस्पर्धि ईभी निर्माता कम्पनी टेस्लाको...

पार्क गरेर राखिएको निशानको मुरानो कार एकाएक विस्फोट, आगोले अर्को कारमा पनि क्षति
AUTO

पार्क गरेर राखिएको निशानको मुरानो कार एकाएक विस्फोट, आगोले अर्को कारमा पनि क्षति

जिरो इमिशनले ल्यायो‘लुयान प्रि मनसुन अफर’,रु.३० हजार छुटसहित अन्य आकर्षक स्किम
AUTO

जिरो इमिशनले ल्यायो‘लुयान प्रि मनसुन अफर’,रु.३० हजार छुटसहित अन्य आकर्षक स्किम

जिरो इमिशन राइडले लुयान प्रि मनसुन अफर योजना ल्याएको छ । कम्पनीले लुयान ब्राण्डका विद्युतीय स्कुटर खरिद गर्ने ग्राहकहरुका लागि यो योजना ल्याएको हो ।  यो योजना जेठ ११ गतेदेखि जेठ मसान्तसम्म लागू हुनेछ ।  लुयानको एस सेभेन्टी प्रो मोडेलको विद्युतीय स्कुटर खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै यो अफर सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।  यस अफरअन्तर्गत लुयानको एस...

ईभी गाडीप्रति नेपालीको आकर्षण बढ्दो, एक महिनामै १४ सय युनिट आयात
AUTO

ईभी गाडीप्रति नेपालीको आकर्षण बढ्दो, एक महिनामै १४ सय युनिट आयात

काठमाण्डौ । नेपाली अटो क्षेत्र ईभीमय बनेको छ । विद्युतीय सवारी (ईभी गाडी) प्रयोगकर्ताको संख्या बढेसँगै विभिन्न मुलुकबाट आयात ह्वात्तै बढ्न थालेको छ ।  भन्सार विभागका अनुसार वैशाख महिनामा १४ सय बढी ईभी गाडी (जीप, कार र भ्यान) भित्रिएका छन् । सो महिनामा ३ अर्ब ५९ करोड ३० लाख रुपैयाँ बराबरको १ हजार ४०४ युनिट ईभी गाडी भित्रिएको हो ।  यो अघिल्लो चैत महिनाको तुलनामा १९.७९ प्रतिशतले...

सान्भी अटोलिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टीभीएसको नयाँ शोरुम
AUTO

सान्भी अटोलिङ्कले नयाँ बानेश्वरमा उद्घाटन गर्यो टीभीएसको नयाँ शोरुम

काठमाण्डौ । सान्भी अटोलिङ्कले नयाँ बानेश्वर, काठमाण्डौमा आफ्नो नयाँ टीभीएस शोरुम उद्घाटन गरेको छ । जेठ १० गते भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा हास्यकलाकार सन्दिप क्षेत्री र भक्तपुर वडा नं. २ का सांसद, दुर्लभ थापाले रिबन काटेर शोरूमको उद्घाटन गरेका थिए ।व्यक्तिगत यातायातका साधनहरूलाई थप प्रवर्द्धन गर्दै उक्त अवसरमा टीभीएसका उत्साहीहरूलाई उच्च स्तरका उत्पादन र...

कैलाश सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीहरुलाई आतङ्कित नबनाउन आग्रह
AUTO

कैलाश सिरोहिया पक्राउप्रति नाडाको ध्यानाकर्षण, व्यवसायीहरुलाई आतङ्कित नबनाउन आग्रह

काठमाण्डौ । सञ्चार व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएकोप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले ध्यानाकर्षण भएको जनाएको छ । नाडाले एक प्रेस विज्ञप्ती जारी गर्दै कैलाश सिरोहियाको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएको हो ।  ‘राज्यद्धारा गरिएको धरपकडप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण भएको छ । यदी देशको कानून विपरित व्यक्तिगत मुद्धा भए नियम...

सीजी मोटर्सद्वारा काठमाण्डौमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन
AUTO

सीजी मोटर्सद्वारा काठमाण्डौमा नयाँ एयोन वाईको फ्ल्यागशिप शोरुम उद्घाटन

काठमाण्डौ । जीएसी मोटर्सको अधिकारिक बिक्रेता सीजी मोटर्सले काठमाण्डौको थापाथलीमा नयाँ शोरुम उद्घाटन गरेको छ। शोरुमको उद्घाटन चिनियाँ राजदूत छेन सोङ्ग, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी, सीजी मोटर्सका एमडी निर्वाण चौधरी, जीएसी ईन्टरनेशनलका उप महाप्रवन्धक स्टिभेन वाङ, जीएसी एयोनको अन्तर्राष्ट्रिय व्यवसाय विभागका डाइरेक्टर छेन वान, एसिया क्षेत्रका जीएम साम छु, जीएसी...

पश्चिमा देशहरुमा रुचाइँन्न बीवाईडीको ईभी, गुणस्तरमाथि प्रश्नै प्रश्न
AUTO

पश्चिमा देशहरुमा रुचाइँन्न बीवाईडीको ईभी, गुणस्तरमाथि प्रश्नै प्रश्न

काठमाण्डौ । चिनियाँ ईभी अटो निर्माता कम्पनी बीवाईडी घरेलु बजारमा निकै सफल बनेको छ । तर कम्पनीले पश्चिमा देशहरुमा भने आफ्नो प्रभुत्व कायम गर्न कयौं संघर्ष र चुनौतीहरुको सामना गर्नु परिरहेको छ ।  प्रोप्राईटरी ब्याट्री प्रविधि, स्वदेशमै निर्माण भएको पाट्स,अत्यावश्यक कच्चा पर्दाथमा पहुँच र चिनियाँ सरकारको समर्थन जस्ता प्रतिस्पर्धि लाभका बाबजुत पनि बीवाईडीले पश्चिमा...

भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण ४ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गरिने
AUTO

भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण ४ जनाको मृत्यु भएको घटनाको अनुसन्धान गरिने

काठमाण्डौ । भियतनामी अटो निर्माता भिनफास्टको ईभी कारमा देखिएको कमजोरीका कारण एकै परिवारका ४ जनाको मृत्यु भएको विषयमा अनुसन्धान हुने भएको छ । अमेरिकाको अटो सुरक्षा अनुसन्धानकर्ताहरुले क्यालिफोर्नियाको प्लिएसान्तोनमा गत अप्रिल २४ मा भिनफास्टको भीएफ८ ईभी कार दुर्घटनामा एकै परिवारका ४ जनाको मृत्यु भएको घटनाकोअनुसन्धान गरिने बताएका हुन् ।  अमेरिकाको ‘नेशनल हाईवे ट्राफिक...

जिम्मी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न
AUTO

जिम्मी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न

काठमाण्डौ । नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्सअन्तर्गतको अटोमोटिभ डिभिजन सीजी मोटोकर्प तथा सीजी नेक्स्टजेनले जिम्मी रारा एडभेन्चर, ‘अ राईड विथ अ कज’ सम्पन्न गरेको छ ।  जिम्मी मालिकहरूले जिम्मीको वास्तविक क्षमता पत्ता लगाउ सकुन् भन्ने  उदेश्यका साथ सो राईड सम्पन्न भएको कम्पनीले जनाएको छ ।गत वैशाख २३ देखि २९ सम्म सम्पन्न...

रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !
NEWS

रेनल्ट गाडीका अधिकांश सोरुम बन्दः ग्राहक ठगी गर्न एड्भान्स मोटर्सको यो हदसम्मको बदमासी !

काठमाण्डौ । विद्युतीय चार पाङ्ग्रे सवारीको बजार बिस्तार भएसँगै पछिल्लो समय चीन लगायतका देशबाट विभिन्न ब्राण्डका गाडी नेपाल भित्र्याउने स्पर्धा चलेको छ । यो दौडमा देशका प्रतिष्ठित भनिएका व्यापारिक घरानादेखि अटोमोवाइल क्षेत्रमा केही गर्न खोज्ने नयाँ अनुहारहरुसम्मको सहभागिता देखिन्छ ।  एउटै समूहले एकपछि अर्को र भ्याएसम्मका इभी ब्राण्डहरु नेपाल भित्र्याइरहेको बेला...

डर्टबाइक रेसिङ प्रदर्शनीको टिकट आइएमई पेबाट
AUTO

डर्टबाइक रेसिङ प्रदर्शनीको टिकट आइएमई पेबाट

काठमाण्डौ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको डीटीएमएक्स९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।  एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्न सक्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्न सक्नेछन् । 

विश्व बजारमा पहिलोपटक ‘बीवाईडी पिकअप ट्रक’ सार्वजनिक’, अन्य अटो निर्माताका लागि खतराको घण्टी
AUTO

विश्व बजारमा पहिलोपटक ‘बीवाईडी पिकअप ट्रक’ सार्वजनिक’, अन्य अटो निर्माताका लागि खतराको घण्टी

काठमाण्डौ । चिनियाँ अटो निर्माता कम्पनी बीवाईडीले आफ्नो पहिलो पिक अप ट्रक‘ सार्क’ लाई पहिलोपटक चीनबाहिर डेब्यू गरेको छ । कम्पनीले मेक्सिको सिटीमा पिकअप ट्रक ‘बीवाईडी सार्क’ लाई सार्वजनिक गरेको हो ।  २०२४ बीवाईडी सार्क ५०० माईलको गति लिन सक्ने प्लग–इन हाईब्रिड पावरट्रेन भएको मिडसाइज ट्रक हो । उत्तर अमेरिकामा चिनियाँ ईभी सवारीका बारेमा उत्पन्न भईरहेको तमाम विवादहरुका बीच...

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्छ: नाडा उपाध्यक्ष श्रेष्ठ
AUTO

राज्यले अटो क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा समेट्नुपर्छ: नाडा उपाध्यक्ष श्रेष्ठ

काठमाण्डौ ।  नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष राजनबाबु श्रेष्ठले राज्यले अटोमोबाइल्स क्षेत्रलाई जनताको अत्यावश्यक वस्तुको रुपमा लिएर सोही अनुरुपको बजेट र नीति लिनु आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया एसोसियसन (इमान)द्वारा स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) र नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालसँगको सहकार्यमा आयोजित प्रि–बजेट छलफल...

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा
CORPORATE

नेपालमै बनेको हुण्डाईको भेन्यू कुदाउन ६५ पत्रकार रामग्राममा

काठमाण्डौ । ह्युण्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको मुख्य कम्पनी लक्ष्मी ग्रुपको एक सहायक कम्पनी लक्ष्मी मोटर कोर्पोरेसन (एलएमसी)ले आफ्नो भव्य उद्घाटनको दोस्रो दिन २०८१ साल, वैशाख २९ गते शनिबार रामग्राम, परासीस्थित  ह्युण्डाई मोटर एसेम्बली प्लान्टमा राष्ट्रिय तथा क्षेत्रीय सञ्चारकर्मीहरुलाई आमन्त्रण गरि नेपालमै निर्मित ह्युण्डाई भेन्युको...

भारतमा पनि टाटाको ईभीले बजार जमाउँदै, १ वर्षमै ४८% ले बढ्यो बिक्री
AUTO

भारतमा पनि टाटाको ईभीले बजार जमाउँदै, १ वर्षमै ४८% ले बढ्यो बिक्री

काठमाण्डौ । टाटा मोटर्सले प्यासेन्जर सवारी बजारमा आफूलाई एउटा महत्वपूर्ण खेलाडीको रुपमा प्रस्तुत गरेको छ । यसका साथै टाटा मोटर्सले भारतको ईभी कार बजारको ठूलो हिस्सा समेत ओगटेको छ ।  कम्पनीले गत साता चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गर्दै गत आर्थिक वर्ष ७३ हजार ८ सय ईभी कार बिक्री गरेको जनाएको छ । जुन अघिल्लो आवको तुलनामा ४८ प्रतिशतले बढी हो । यस्तै कम्पनीले आर्थिक वर्ष...

च्याट जीपीटीले पनि ‘डिपल एस०७’लाई राम्रो गाडी भनेको छ: विष्णु अग्रवाल
AUTO

च्याट जीपीटीले पनि ‘डिपल एस०७’लाई राम्रो गाडी भनेको छ: विष्णु अग्रवाल

काठमाण्डौ । एमए डब्ल्यू वृद्धि अटोकर्प प्रालिका प्रमुख विष्णुकुमार अग्रवालले नेपाली इभी बजारमा केही समयअघि भित्रिएको चांगनको सब–ब्राण्ड ‘डिपल एस०७’को मोटर पावर घटाएर भित्र्याइएको स्वीकार गरेका छन् ।  उनले मोटरपावर घटाउँदैमा गाडीको परफरमेन्स कम नहुने अनौठो दाबी समेत गरेका छन् ।  डिपलको इभी नेपाल भित्र्याउँदा भएका छलछाम र गडबडीको विषयमा बिजशालामा समाचार प्रकाशन...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.