टेस्लाले बढायो मोडल एक्सको मूल्य, कति पुग्यो भाउ ?
काठमाण्डौ । अमेरिकी ईभी अटो निर्माता कम्पनी टेस्लाले आफ्नो ‘मोडल एक्स’को मूल्य वृद्धि गरेको छ । कम्पनीले अमेरिकामा मोडल एक्सको मूल्य प्रतियुनिट ५ हजार डलरले वृद्धि गरेको हो । यससँगै अब अमेरिकामा मोडल एक्सको मूल्य ८४ हजार ९९० डलर पुगेको छ । यसअघि यसको मूल्य ७९ हजार ९९० डलर कायम थियो । यसको प्लेड भेरियन्टको मूल्य पनि ९४ हजार ९९० बाट बढाएर ९९ हजार ९९० डलर पुर्याइएको छ ।