नेपालमा Maxus MIFA 7 विद्युतीय लक्जरी MPV बिक्री सुरु, अटो शोमा आकर्षक अफरसहित सार्वजनिक
काठमाण्डौ । नेपालका लागि अधिकृत वितरक हिमालयन मोट्रक्सले चीनको प्रख्यात SAIC मोटर ग्रुप अन्तर्गतको Maxus MIFA 7 विद्युतीय लक्जरी MPV लाई आजदेखि बिक्रीमा ल्याएको छ। काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाइमा मोबिलिटी शो २०२५ मा यो गाडीलाई विशेष अफरसहित सार्वजनिक गरिएको हो।सात सिट क्षमताको यो प्रिमियम गाडी नेपालमा लक्जरी विद्युतीय सवारी खोज्नेहरूका लागि उपयुक्त विकल्प हुने दाबी...

