बैंकिङ प्रणालीमा थुप्रियो ६१.८६ खर्ब निक्षेप, अन्तरबैंक ब्याजदर ३%
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ २ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । केन्द्रीय बैंकका अनुसार जेठ १ गतेसम्म पनि बैंकिङ प्रणालीमा ६१ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । वाणिज्य बैंकहरुको निक्षेप पनि स्थिर देखिएको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब ६८ अर्ब रुपैयाँ रहेको...

