इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै गोर्खाज फाइनान्स २१.९४ करोड नाफामा
काठमाण्डौ । इम्पेयरमेन्ट चार्ज रिभर्सल भएसँगै र खुद ब्याज आम्दानी बढेसँगै गोर्खाज फाइनान्स नाफामा गएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २१ करोड ९४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १२ करोड १४ लाख रुपैयाँ घाटामा थियो ।कम्पनीले उक्त अवधिमा ३१ करोड ३३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवमा भने कम्पनीको...

