कालिका लघुवित्तको नाफामा ९.८२% को कमी, खराब कर्जा अनुपात र ईपीएस दुवै घट्यो
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार संस्थाले तेस्रो त्रैमाससम्ममा ३ करोड २१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ९.८२ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म संस्थाले ३ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।...

