हुन्डाईले भारतमा अहिलेसम्मकै ठूलो आईपीओ जारी गर्ने, कोरियाली सेयर बजारमा कम्पनीको सेयरमूल्यमा उछाल
काठमाण्डौ । कोरियाली अटो निर्माता कम्पनी हुन्डाईको भारत युनिटले भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ ल्याउने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको अनुमितिका लागि भारतको पूँजी बजार नियामक‘सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया’मा आवश्यक कागजात पेश गरेको छ । रिपोर्टका अनुसार कम्पनीले जारी गर्ने आईपीओ भारतको पूँजी बजार इतिहासको अहिलेसम्मकै ठूलो हुनेछ ।...

