मातृभूमि लघुवित्तको नाफामा ५८७% को उछाल, वितरणयोग्य मुनाफा १०.५८ करोड पुग्यो
काठमाण्डौ । मर्जरपश्चात कायम मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ७ करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ५८७.६२ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले १ करोड १६ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । यो अवधिमा...

