लगातार चार दिन ३४.६१ अंक बढ्यो बजार, कारोबारमा झिनो सुधार
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ५.७४ अंक अर्थात ०.२७ प्रतिशतले बढेर २ हजार ०९६.३८ बिन्दुमा पुगेको छ ।यो सँगै बजार लगातार चार दिन बढेको छ । चार दिनको अवधिमा बजारमा ३४.६१ अंकको बढोत्तरी आएको छ ।

