सिद्धार्थ प्रिमियरसहित ६ वटा बीमा कम्पनीको सेयरभाउ बढ्यो, आइएमई लाइफको सर्वाधिक कारोबार
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १५।४१ अंकले घटेर १९६९ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड समूहबाहेक सबै सूचक राताम्य भएका छन् । बीमा समूहका दुईवटै...

