नेप्सेमा झिनो वृद्धि,जानकार भन्छन्,‘बजारमा अझै बुलिस मुभ देखिदैन’
काठमाण्डौ । साताको दोस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ३.२७ अंक अर्थात ०.१५ प्रतिशतले बढेर २०७३.५३ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३५ प्रतिशतले बढेर ३६९.५६ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३०३ वटा कम्पनीको ७३ लाख ४१ हजार १९५ कित्ता सेयर २ अर्ब ८२ करोड १७...

