प्रभु बैंकले राख्यो ३.४७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा प्ररहेको ३ लाख ४७ हजार १२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

