नेप्सेको सपोर्ट जोनमा बन्यो ‘बुलिस इङ्गलफिङ’, दीर्घकालीन बुलका लागि भने बजार अझै अपरिपक्व
काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । नेप्से ३ दिन बढ्यो भने २ दिन घट्यो । बढेको ३ दिनमध्ये एकदिन पोजिटिभ सर्किट लाग्यो । अघिल्लो साता १९७२.०९ विन्दूमा बन्द भएको बजार यो साता केही बढेर २०३०.५५ मा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा करिब ५८.४६ अंकको बढोत्तरी देखियो । अघिल्लो साता चाहिँ बजारमा ३४ अंकको गिरावट आएको थियो । यो साता दोस्रो बजारमा १३.२२ अर्बको...

