काठमाण्डू मोडल अस्पताल र प्रभू बैंकबीच सहकार्यको सम्झौता
काठमाण्डौ । काठमाण्डौ,प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।एक समारोहकाबीच काठमाण्डू मोडेल अस्पतालका प्रबन्ध निर्देशक गौरी प्रधान र प्रभु बैंकका प्रमूख मार्केटिङ्ग अफिसर रविन्द्र ढकालले समझदारीपत्रमा हस्ताक्षर गरे ।