आगामी ५ वर्षभित्र आर्थिक वृद्धिदर ७ प्रतिशत बढाउने सरकारको प्रतिबद्धता, गरिबी दर १०% मा झार्ने
काठमाण्डौ । सरकारले आगामी ५ वर्षमा औसत आर्थिक वृद्धिदर ७ प्रतिशत हासिल गरी प्रतिव्यक्ति आय ३ हजार डलर बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । ६ राष्ट्रिय राजनीतिक दलका घोषणापत्रहरुलाई समेटर सार्वजनिक गरेको १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’को मस्यौदामा सरकारले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी) १०० अर्ब डलर नजिक पुर्याउने उल्लेख गरेको छ ।

