निर्यात घट्दा आयात भने बढ्यो,व्यापार घाटा १.८% ले वृद्धि
काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा कुल वस्तु निर्यात ५.१ प्रतिशतले घटी रु.२५ अर्ब ९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७.८ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत, चीन र अन्य मुलुकतर्फ भएको निर्यातमा क्रमशः ४.५ प्रतिशत,४५.३ प्रतिशत र ३.९ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा चिया,पार्टिकल बोर्ड, पिना, जुत्ता तथा चप्पल,सोयाविन तेल...