चालु आवको पहिलो महिनामै १.१६ खर्ब व्यापार घाटा, आयात र निर्यात दुवैमा संकुचन
काठमाण्डौ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा मात्रै देशको व्यापार घाटा १ खर्ब बढी पुगेको छ । चालु आवको साउनमा देशको व्यापार घाटा १ खर्ब १६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ०.३८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८०/८१ को साउनमा भने १ खर्ब १५ अर्ब ७१ करोड ३ लाख रुपैयाँबराबरको व्यापार घाटा भएको थियो । भन्सार विभागको तथ्यांक अनुसार...