बंगलादेशले नेपालबाट प्रतियुनिट ९ रुपैयाँमा ४० मेगावाट विद्युत खरिद गर्ने, अडाणी पावरलाई तिर्दै आएको मूल्यभन्दा धेरै सस्तो
काठमाण्डौ । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको छ । बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरिदसम्बन्धी समिति (सीसीजीपी) ले मंगलबार नेपालबाट ४० मेगावाट विद्युत खरिद गर्ने निर्णय गरेको हो । बंगलादेशका सञ्चार माध्यमका अनुसार सीसीजीपीले प्रतियुनिट ८.१७ टका(करिब ९ रुपैयाँ)मा नेपालबाट ४० मेगावाट विद्युत आयात गर्ने निर्णय गरेको छ । क्याबिनेट...