प्रधानमन्त्रीको रुपमा ओलीको नियुक्ति आज, सपथ सोमबार
काठमाण्डौ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सकेसम्म सबै मन्त्रीहरुलाई सोमबार नै सपथ गराउने तयारी गरेका छन् । कांग्रेसको समर्थनमा आफू नेतृत्वको सरकार निर्माणका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गरेका ओली आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । संविधानको धारा ७६ को उपधारा २ अनुसार ओलीलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्र्दैछ ।