लाभांशको प्रस्ताव पारित गर्न रिलायबल लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले ७ औँ वार्षिक साधारण सभा डाकेको हो । सभा आगामी माघ २९ गते सोमबार बिहान ११ बजे काठमाण्डौ ज्ञानेश्वरमा रहेको लिसरा ब्यांक्वेटमा आयोजना हुनेछ ।