सिटिजन लाइफको नाफा ८७.३५% ले बढ्यो, सेयर प्रिमियममा १.५५ अर्ब सञ्चित
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्ममा २८ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ८७.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले १५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ७.०५ प्रतिशतले बढेको छ ।...