निर्जीवन बीमा कम्पनीहरुको व्यवसायमा सामान्य सुधार, ओरियन्टल र हिमालयन एभरेष्टले बढाए प्रिमियम संकलन
काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरुले पौने ३३ अर्ब रुपैया बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिनामा १४ निर्जीवन बीमा कम्पनीले ३२ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ प्रिमियम संकलन गरेका हुन् । निर्जीवन बीमकहरुले संकलन गरेको यो प्रिमियम गत आवको तुलनामा ०.५७ प्रतिशतले मात्रै बढी हो । गत आर्थिक वर्षको यसै अवधिसम्म निर्जीवन बीमा...