सेयर बजारमा लगानी बढाउँदै नेपाल लाइफ, कम्पनीको रोजाइमा बैंक तथा वित्तीय संस्था
काठमाण्डौ । जीवन बीमा क्षेत्रमा सर्वाधिक व्यवसाय भित्र्याउने नेपाल लाइफ इन्स्योरेन्सले सूचीकृत पब्लिक कम्पनीको साधारण सेयर अर्थात् सेयरबजारमा करिब ३ अर्ब रुपैयाँ लगानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा कुल २ अर्ब ८६ करोड ६७ लाख रुपैयाँ लगानी गरेको छ । यो लगानी गत आवको सोही अवधिसम्मको तुलनामा ३।६४...

